PahiloPost

Nov 5, 2025 | २० कात्तिक २०८२

काठमाडौंका चोकचोकमा फोहोरको डंगुर : वर्षा र गर्मीले फैलिँदै दुर्गन्ध

काठमाडौंका चोकचोकमा फोहोरको डंगुर : वर्षा र गर्मीले फैलिँदै दुर्गन्ध

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : यतिबेला काठमाडौंका सडकका छेउकुनामा रहेका फोहोरको डंगुरमा सीधै आँखा ठोकिन्छ। एकछिन बस कुर्नुपरे वा एकैछिन जाम पारे सही नसक्नुको दुर्गन्ध नाकैसम्म ठोक्किन आइपुग्छ।

गल्लीमा फोहोर, सम्पदा स्थलमा फोहोर, पर्यटकीय स्थलमा फोहोर, देशको प्रशासन चल्ने सिंहदरबार वरिपरि फोहोर। महिना दिन भयो काठमाडौंको सडकमा फोहर थुप्रिएको। बञ्चरेडाँडासम्म पुग्ने बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले फोहोरको व्यवस्थापन नगर्दा सडकमा जताततै थुप्रिएको छ फोहोर।

चोक र सडकमा फोहोर फाल्न प्रतिबन्ध लगाउन हजारौं रुपैयाँको जरीवाना तिराउने सूचना टाँसिएको छ। भगवानको मूर्ति राखिएको छ। तर, हप्तौं बित्दासम्म फोहोर लिन नआएपछि मानिसहरु त्यहीँ नै फोहोरको थुप्रो फ्याँकिरहेका छन्।

वर्षा र गर्मीले गलेका फोहोरमा झिंगा र लामखुट्टेको उत्पादन पनि बढ्न थालेको छ। हैजाजस्तो प्रकोप बढ्न थालेको बेला तीन तहको सरकार भने फोहोर व्यवस्थापनमा ध्यानै नदिई आँखा छोपेर बसेको हो कि? नाक छोपेर हिँड्न बाध्य नागरिकले प्रश्न गर्न थालेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell