PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नयाँ दिल्लीमा निधिको राजनीतिक दौडधुप : भेटे शरद पवार र अर्थराज्यमन्त्री चौधरीसँग



पहिलोपोस्ट

नयाँ दिल्लीमा निधिको राजनीतिक दौडधुप : भेटे शरद पवार र अर्थराज्यमन्त्री चौधरीसँग

नयाँदिल्ली : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र महाराष्ट्रका पूर्व मुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारबीच भेटघाट भएको छ।

नयाँदिल्लीस्थित पवार निवासमा भएको भेटमा नेपालको विकास तथा नेपाल भारत सहयोगका बिषयमा कुराकानी भएको निधिको सचिवालयले जनायो।

निधि र पवारबीच कृषि र सहकारी तथा नेपाल भारत सम्बन्ध र विकासलगायतका विषयमा कुराकानी भएको थियो। तीन कार्यकाल महाराष्ट्रका मुख्यमन्त्री भइसकेका पवार कृषि र सहकारीका ख्यातिप्राप्त अभियन्ता हुन्। आधुनिक कृषिमा महाराष्ट्रको मोडल सह्रानीय मानिन्छ।

निधिसँगको भेटमा पवारले नेपालमा कृषिका विद्यार्थीलाई उनको गृहनगर बारामतीमा कृषि र सहकारीको अध्ययनका लागि निम्तो दिएका छन्। निम्तोका लागि धन्यवाद दिदैं निधिले निकट भबिश्यमा नेपाली विद्यार्थीलाई अध्ययन भ्रमण गराउने बताएका छन्।

यसैबीच, नेता निधि र भारतका अर्थराज्यमन्त्री पंकज चौधरीबीच नयाँदिल्लीमा भेटघाट भएको छ। नयाँदिल्लीस्थित मन्त्री चौधरीको निवासमा भएको भेटमा नेपाल भारत सम्बन्ध र द्धिपक्षीय हितका विषयमा कुराकानी भएको थियो।

यसअघि निधिले भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिबराजसिंह चौहानसँग भेट गरेका थिए। त्यसैगरी निधिले भारतका सडक परिवहन मन्त्री नितिन गडकरी, भारतका जलशक्ति मन्त्री गजेन्द्र सिंह सेखावत भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटघाट तथा छलफल गरिसकेका छन्।                                       



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell