PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

हरिबोल गजुरेलको आरोप : एमालेले जबरालाई जोगाउन खोज्यो



पहिलोपोस्ट

हरिबोल गजुरेलको आरोप : एमालेले जबरालाई जोगाउन खोज्यो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन्। आइतवार प्रतिनिधिसभा बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताएका हुन्।

उनले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताए। उनले प्रतिपक्षले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले प्रतिपक्षले जिब्रो चपाएर कुरा गरेको बताए।

उनले भने, ‘सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा आएर यसलाई छिटोभन्दा छिटो गरुँ भन्नेमा सहमति दिनुपर्ने ठाउँमा, दुई तिहाई नभई त यो पारित हुँदैन। प्रतिपक्षले सहयोग नगरी पारित हुँदैन। प्रतिपक्ष त अगाडि आउनुपर्‍यो नि ल तपाईंहरु अगाडी बढाउनुस् हामी छौँ। तर, आज प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिराखेको छ। यहाँ सोझै बोल्न गाह्रो छ। प्रतिपक्ष जोगाउन चाहिराखेको छ। सोझै बोल्दा जनताको नजरमा आफ्नो पार्टीको छवि, व्यक्तिको छवि गिर्छ।’

उनले महाअभियोगको विषयमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिन नसक्नु दुखद् भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell