PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

छ महिने छोरीलाई 'ट्वाइलेट'मा फ्याँकेर अर्कै युवकसँग फरार



पहिलोपोस्ट

छ महिने छोरीलाई 'ट्वाइलेट'मा फ्याँकेर अर्कै युवकसँग फरार
प्रतीकात्मक फोटो

काठमाडौं : ६ महिनाको बालिकाको हत्या गरिको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्याङ्जा गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रवार दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। साउन १० गते लक्ष्मी ६ महिनाको छोरीसहित सम्पर्कविहीन भएकी थिइन्। त्यसपछि उनका ससुराले प्रहरीमा पुगेर खोजी गर्न भन्दै निवेदन दिएका थिए। प्रहरीले खोजी गर्दा लक्ष्मीले केदारसँग भागी विवाह गरेको भन्ने सूचना पाएपछि दुबै जनाको खोजी गरेको डिएसपी खनालले बताए।

त्यही क्रममा शुक्रवार १ बजे प्रहरीले दुबै जनालाई स्याङ्जा गल्याङ बजारमा फेला पारेको थियो। प्रहरीले सोधपुछ गर्दा महिलाले ६ महिनाको छोरी अस्थायी ट्वाइलेटको खाल्डोमा फालेको बयान दिएकी थिइन्। त्यसपछि प्रहरीले बयानको आधारमा हेर्न जाँदा सोही स्थान (खाल्टो) मा सडेगलेको अवस्थामा बच्चाको शव फेला परेको प्रहरीले जनायो।

दुवै जनालाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell