PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग प्रस्ताव पठायो समितिमा



पहिलोपोस्ट

प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग प्रस्ताव पठायो समितिमा

काठमाडौं : प्रतिनिधिसभाले निलम्बित प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ। प्रतिनिधिसभाको आइतवारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो।

छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए। सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ।

प्रतिनिधि सभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell