PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

८ दिनदेखि नेपाल बैंक बर्दिया शाखाका मेनेजर सम्पर्कविहीन, ५० लाख रुपैयाँ अपचलनको आरोप



पहिलोपोस्ट

८ दिनदेखि नेपाल बैंक बर्दिया शाखाका मेनेजर सम्पर्कविहीन, ५० लाख रुपैयाँ अपचलनको आरोप

काठमाडौं : नेपाल बैंकको शाखा प्रबन्धक धबेन्द्र न्यौपाने केही समयदेखि सम्पर्कविहीन रहेका छन्। बर्दियाको गुलरियामा रहेको बैंकका शाखा प्रबन्धक न्यौपाने माथि बैंकको रकम हिनामिना गरेको आरोप लागेको छ। अहिले यस घटनाको अनुसन्धान नेपाल बैंकको केन्द्रीय कार्यालयले पनि गरिरहेको छ।

शाखा प्रमुख न्यौपाने सम्पर्कविहीन भएपछि प्रहरीमासमेत खोजी गर्नु भन्दै बैंकले उजुरी दिएको छ। उजुरीको आधारमा प्रहरीले न्यौपानेको खोजी गरिरहेको छ।

'परिवार र बैंकले पनि उजुरी दिएपछि हामीले खोजी गरिरहेका छौँ, ' जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सूर्यप्रसाद सुवेदीले भने। साउन १४ गते न्यौपानेका परिवारले आफन्त खोजी गर्न भन्दै निवेदन दिएका थिए। त्यसै दिन बैंकले पनि निवेदन दिएको हो।

त्यस्तै न्यौपानेविरुद्ध प्रहरीमा आर्थिक अपचलन गरेको देखिएको छ। केही समयअघि मात्र शाखा प्रमुखमा बर्दिया पुगेका न्यौपानेले ५० लाख रुपैयाँ हिनामिना गरेको प्रहरीको उजुरीमा उल्लेख गरिएको छ। उनले अनलाइनबाट सेवाग्राहीको र बैंकको ५० लाख रुपैयाँ हिनामिना गरेको उजुरी परेको हो। अहिले प्रहरी र नेपाल बैंकले पनि घटनाको अनुसन्धान र न्यौपानेको खोजी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell