PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एकै दिन थपिए ५ सय ५३ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुग्यो



पहिलोपोस्ट

एकै दिन थपिए ५ सय ५३ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ सय ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ७८९ जनामा परीक्षण गर्दा ५ सय ५३ जनामा संक्रमण देखिएको हो।

२ हजार ४० पीसीआर परीक्षण गरिएकोमध्ये ४५१ जनामा र १ हजार ७४९ एन्टीजेन परीक्षण गरिएकोमा १०२ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ४ सय ३३ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ रहेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell