PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सामाजिक सञ्जालमार्फत महिलाको अपमान गर्ने व्यक्ति पक्राउ



पहिलोपोस्ट

सामाजिक सञ्जालमार्फत महिलाको अपमान गर्ने व्यक्ति पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरि एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुको सहयोगमा कुँवरलाई पक्राउ गरिएको बताए।

पक्राउ परेका कुँवरलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell