
काठमाडौं : विश्वमा केही कम्पनीहरुले प्लास्टिकको फोहोरको थुप्रोलाई भवन निर्माण गर्न प्रयोग हुने ब्लकमा परिणत गर्दै आएका छन्। फेरि प्रयोग गर्न नसकिने प्लास्टिकको फोहोरको थुप्रोलाई रचनात्मक कार्यमा रूपान्तरण गर्ने कल्पना गर्नु भन्दा पनि यसलाई वास्तविकतामा परिणत गर्नु ठुलो चुनौतीको विषय रहेको छ। हाल विश्वमा यस्तै प्लास्टिकका फोहोरको थुप्रोले प्रदुषण बढाएको छ।
विज्ञहरुका अनुसार सन् २०४० सम्म पृथ्वीमा ७१ करोड टन प्लास्टिकको फोहोरले पृथ्वीको पारिस्थितिक प्रणाली, महासागर, नदी र जमिनमा असर गर्नेछ। तर, यसको समस्या समाधन गर्न लस एन्जलसमा आधारित स्टार्टअप बीवाईफ्युजन(ByFusion) सँग त्यो फोहोरको लागि योजना छ। यस कम्पनीले सबैभन्दा भिन्न प्रकारको प्लास्टिक फोहोरको थुप्रो संकलन गर्न एउटा प्रणाली सिर्जना गरेको छ। यस्ले त्यस्ता प्लास्टिकका सामानहरू संकलन गर्छ जुन पुन: प्रयोग गर्न सकिँदैन।
सन् २०१७ मा स्थापित यो कम्पनीले एक मेसिनको विकास गरेको छ जसले ‘सिंगल-युज’ प्लास्टिकबाट ‘बीवाईब्लक’ निर्माण गर्छ। यो सामान्यतया निर्माणमा प्रयोग हुने कंक्रीट ब्लकहरू जस्तै आकारको हुन्छ। जुन पूर्णरूपमा प्रयोग नहुने प्लास्टिकको फोहोरबाट बनाइन्छ। कम्पनीका अनुसार यसलाई भवनहरु निर्माण गर्दा अन्य ब्लकको ठाउँमा यो प्रयोग गर्न सकिन्छ।
‘रिसाइकल’ गर्न नसकिने चीजहरू देखेर तपाईं छक्क पर्नुहुनेछ। जुन तपाईंले दैनिक प्रयोग गर्ने सबै चीजहरू हुन्। जस्तै कलम, टूथब्रश जस्ता सामानहरू हुन। बीवाई फ्युजनका सीईओ हेइदी कुजवा भन्छिन, 'हाम्रो टेक्नोलोजीको बारेमा चाखलाग्दो कुरा यो हो कि हामीले विशेष गरि, पूर्ण रूपमा हाम्रो प्रणालीलाई कम मूल्यको वरिपरि डिजाइन गरेका छौं। यसमा कुनै मूल्यको सामान छैन। हामी सबै चीजहरू प्रयोग गर्छौं जुन पुन: प्रयोग गर्न सकिँदैन।'
प्लास्टिकको फोहोरको खोजी गर्दा कुजावाले सात प्रकारका प्लास्टिक हुने बताउँछिन्। जसमध्ये दुई वटा मात्रै रिसाइकल गर्न सकिन्छ। 'पहिले चीन र अन्य ठाउँमा गएर हामी किन्ने गरेका थियौं,’ उनले भनिन्, 'तर यो २०१७ मा बन्द भयो। त्यस बेलादेखि हामीले त्यो प्लास्टिकलाई जलाउँदै वा गाड्दै आएका छौं।'
कसरी बनाउने ब्लक ?
ब्लकर सिस्टम भनिने बीवाई फ्युजनको मेसिनले छाडिएको फोहोरलाई क्रमबद्ध बिल्डिङ ब्लकहरूमा रूपान्तरण गर्छ। प्लास्टिक रिसाइक्लिंग प्रक्रियामा ठूलो अवरोधलाई यसले समाधान गर्ने अपेक्षा गरिएको छ।
फोहोर जम्मा गरेपछि प्लाष्टिकलाई टुक्रा टुक्रा पारेर स्टीम र कम्प्रेसन प्रयोग गरेर ठोस ब्लकहरूमा ‘फ्यूजन’ गर्न मात्र समय लाग्छ। ब्लकहरू एडीटीभ्स वा फिलरहरू बिना बनाइन्छ। एडीटीभ्स वा फिलरहरु भनेको रासायनिक तत्वहरु हुन। धेरै खानामा यस्ता रासायनिक एडीटीभ्स हुन्छन।
२२ पाउन्ड प्लास्टिकले २२ पाउन्ड बीवाई ब्लकहरु बनाउन सकिन्छ। 'हामीले खोक्रो सिमेन्ट ब्लकको आयामहरू वरिपरि हाम्रा बीवाई ब्लकहरू मोडेल गरेका छौं,' कुजावाले भनिन्, 'प्रत्येक ब्लक इट्टा तथा सिमेन्ट ब्लक भन्दा लगभग १० पाउण्ड हल्का हुन्छ।'
सिमेन्ट ब्लकमा रिबार हुन्छ। तर यसले ‘पोस्ट टेन्सनिङ’ भनिने विधि प्रयोग गर्दछ। जसलाई स्टिल रड चाहिन्छ। निर्माण सामग्रीको लागि दिगो विकल्पको रूपमा पुन: प्रयोग गरिएको प्लास्टिकलाई व्यावसायिक, आवासीय र पूर्वाधार परियोजनाहरूमा प्रयोग गर्न सकिने कुजावाले बताइ।
यस उद्देश्यका लागि व्यवसायले स्थानीय सरकार, नगरपालिहरु लगायत अन्य संस्थाहरूसँग साझेदारी गर्न खोजिरहेको छ। यसले पहिले नै यसको ब्लकर प्रणाली दुवै बेचिरहेको छ र बीवाई ब्लकहरू पूरा निर्माण गरिसकेको छ तर कम्पनीले हालसम्म ग्राहकहरू वा बिक्री नम्बरहरू निर्दिष्ट गर्न अस्वीकार गरेको छ।
'सुरुदेखि नै हामीले सकेसम्म कार्बन तटस्थ बन्न चाहन्छौं। त्यसैले हाम्रो ब्लक, हाम्रो प्रणाली र हाम्रो उत्पादन प्रक्रिया सबै विद्युतीय छ। आज कुनै उत्सर्जन प्रक्रिया छैन,' कुजावाले भनिन्।
यो कम्पनीको लक्ष्य भनेको ब्लकर प्रणालीलाई विश्वभरका समुदायहरूमा लैजाने र उनीहरूलाई स्थानीय निर्माण परियोजनाहरूमा प्रयोगको लागि प्लास्टिक फोहोरलाई पुन: प्रयोग गर्न सक्षम पार्नु हो। बीवाई फ्युजन २०३० सम्ममा १० करोड टन प्लास्टिक फोहोर रिसाइकल गर्न सक्षम हुने अपेक्षा गरिएको छ।
'प्रत्येक समुदायले प्लास्टिकको फोहोरसँग संघर्ष गरिरहेको छ,' कुजावाले भनिन्, 'यो हाम्रो ब्लकर प्रणाली राख्नुले ल्यान्डफिल कम गर्न, हरितगृह ग्यास उत्सर्जन कम गर्न, यातायात आवश्यकताहरू कम गर्न मद्दत गर्नेछ।'