PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

हल्याण्डको दोहोरो गोलमा सिटीको जित



पहिलोपोस्ट

हल्याण्डको दोहोरो गोलमा सिटीको जित
तस्बिर: प्रिमियर लिग

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेत म्यानचेस्टर सिटीले सानदार सुरुवात गरेको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा प्रिमियर लिगको डेब्यु खेलमै अर्लिङ हल्याण्ड चम्किँदा सिटीले घरेलु टोली वेस्टहममाथि २-० गोलअन्तरको जित निकालेको हो।

खेलको ३६ औं मिनेटमा पेनाल्टीको अवसर सदुपयोग गर्दै २२ वर्षे नर्वेका खेलाडी हल्याण्डले गोल गरेपछि अग्रता बनाएको सिटीका लागि दोस्रो गोल पनि हल्याण्डले नै गरे। यसै सिजन बुण्डेसलिगाको क्लब बोरुसिया डर्टमण्डबाट सिटी आइपुगेका उनले खेलको ६५ औं मिनेटमा केभिन डी ब्रुइनाको पासमा गोल गरेका थिए।

त्यस्तै गएराति नै प्रिमियर लिगमा भएका अन्य खेलमा ब्राइटोनले म्यानचेस्टर युनाइटेडलाई २-१ गोलअन्तरले हराउँदा लेस्टर सिटी र ब्रेन्टफोर्ड २-२ को बराबरीमा रोकिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell