PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

आज पनि वर्षाको सम्भावना



पहिलोपोस्ट

आज पनि वर्षाको सम्भावना

काठमाडौं : आज दिनभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल भने प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। र, देशका बाँकी भूभागमा आंशिक बदली रहेकको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र वाग्मती प्रदेशका केही तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell