PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन गरिँदै



पहिलोपोस्ट

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन गरिँदै

काठमाडौं : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि वडाले नदीको धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो।

‘केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि बस्ती जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौं,’ वडाध्यक्ष अर्जुनबहादुर साउदले भने, ‘नगरपालिकाले उपलब्ध गराएका दुई वटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ।’

बाढी बस्तीमा छिरेमा निकै ठूलो धनजनको क्षति हुनसक्ने सम्भावनालाई मध्यजनगर गरी धार परिवर्तन गरी सम्भावित जोखिमलाई न्यूनीकरणमा जुटेको उनले बताए।

‘वर्षा हुने क्रम जारी रहेकाले जुनसुकै बेला पनि नदीमा ठूलो बाढी आउन सक्छ। जोखिम निम्त्याउन सक्छ। बाढी आउनअगावै बस्तीलाई सुरक्षित गर्नमा बिहानैदेखि जुटेको छु’, उनले भने। नदीको धार परिवर्तन गरेपछि यस क्षेत्रका तीन सय बढी परिवार सुरक्षित हुने उनको भनाइ रहेको छ। महाभारत पर्वत भएर बग्ने मछेली नदी महाकाली पछिको यस क्षेत्रको ठूलो नदी हो।

यस नदीले हरेक वर्ष तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको उब्जाउ जग्गा कटान गर्नुको साथै बाढी बस्तीमा छिरेर डुबानमा समेत पार्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell