PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

चौधर नदी बस्ती पस्ने जोखिम बढेपछि सशस्त्र प्रहरीले गाउँ जोगाउन बनाउन थाल्यो तटबन्ध



पहिलोपोस्ट

चौधर नदी बस्ती पस्ने जोखिम बढेपछि सशस्त्र प्रहरीले गाउँ जोगाउन  बनाउन थाल्यो तटबन्ध
FILE PHOTO

काठमाडौं : कञ्चनपुर जिल्लाको  बेदकोट नगरपालिका-४ स्थित सार्की पार्की गाउँका बासिन्दालाई चौधर नदीको जोखिमबाट जोगाउनका लागि सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको कार्य सुरु गरेको छ। सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट परिचालित जवानहरुले सो गाउँ जोगाउनका लागि प्लाष्टिकको बोरामा बालुवा भरेर अस्थायी तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छन्।

साउन १८ गते नदीमा आएको बाढीले क्रिसन भुलको परिवारलाई विस्थापनमा पारेको थियो। तीव्ररुपमा जग्गा कटानी हुन थालेपछि तटीय क्षेत्रका नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो  सम्भावित जोखिमलाई मध्यनगर गरी जनताको तटबन्ध कार्यालयबाट प्राप्त भएका एक हजार पाँच सय बोरामा बालुवा भरेर प्लाष्टिकको जालमा राखेर अस्थायी तटबन्ध निर्माणको कार्य भइरहेको स्थानिय राजुराम भुलले बताए।

‘तत्कालका लागि अस्थायी तटबन्ध निर्माणले जोगाउने अपेक्षा गरेका छौं, उनले भने, ‘त्यसपछि स्थायी तटबन्धका लागि सम्बन्धित निकायलाई गुहार्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell