PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

२०७८ सालको मदन पुरस्कारका लागि छानिए ८ वटा पुुस्तक



पहिलोपोस्ट

२०७८ सालको मदन पुरस्कारका लागि छानिए ८ वटा पुुस्तक

काठमाडौं : मदन पुरस्कार २०७८ को लागि ८ वटा पुस्तक छनोट भएका छन्।  मदन पुरस्कार गुठीले २९९ वटा पुस्तकबाट छानिएका ८ वटा पुस्तकको नाम सार्वजनिक गरेको हो।

छनोट भएका पुस्तकमा डा नवराज लम्सालको अग्नि, डा दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा नयनाथ पौडेलको लिच्छवी लिपि, प्रा नीलमणि ढुङ्गानाको संस्कृत- नेपाल शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका छन्।

यी मध्ये एउटा पुस्तकलाई २०७८ सालको मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell