PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

फिल्म ‘छड्के २’को वर्कशपमा यस्तो छ अनमोलको लुक, भदौ १ गतेबाट छायाङ्कन सुरु



पहिलोपोस्ट

फिल्म ‘छड्के २’को वर्कशपमा यस्तो छ अनमोलको लुक, भदौ १ गतेबाट छायाङ्कन सुरु

काठमाडौं : फिल्म ‘छड्के २’ मा अनमोल केसी ग्याङ्गस्टरको भूमिकामा देखिदैँछन्। यतिखेर भरतपुरको चितवनमा फिल्मको वर्कशप चलिरहेको छ। निर्माण टिमले वर्कशपका केही फोटोहरू सार्वजनिक गरेको छ।

तस्विरमा अनमोल फिल्मको तयारीका लागि कडा मेहनेत गरिरहेको देख्न सकिन्छ। अनमोल अहिलेसम्मकै भिन्न भूमिकामा देखिने तयारीका लागि क्यारेक्टर एडप्ट गरिरहेको निर्देशक निगम श्रेष्ठले जानकारी दिए।

‘अहिले चितवनमा वर्कशप भइरहेको छ। अनमोल अहिलेसम्मको भिन्न भूमिकामा देखिने तयारीका लागि उनले क्यारेक्टर एडप्ट गरिरहेका छन्। एउटा स्टारले आफ्नो क्यारेक्टरलाई जीवन्त बनाउन गरेको यो संघर्षले टिमलाई उर्जा मिलेको छ। अनमोलले हामीले सोचेको भन्दा बढी मेहेनत गरिरहेका छन्,’ श्रेष्ठले भने।

निगम श्रेष्ठको पटकथा र निर्देशन रहने फिल्मका निर्माता प्रशान्त गिरी र लक्ष्मण काफ्ले हुन्। फिल्ममा अनमोलसहित रबिन तामाङ र कमलमणी नेपाल फाइनल छन्।

फिल्मको छायाङ्कन भदौ १ गतेबाट सुरु गर्ने निर्माण टिमको तयारी छ। साउनकै तेस्रो साताबाट छायाङ्कनमा जाने भनिएता पनि विविध कारणसँगै सुटिङ रोकिएको बताइएको छ। फिल्मको छायाङ्कन सेड्युल ६० दिनको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell