PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

अभिनेता आर्यन सिग्देल फिल्म ‘सायरा’मा अनुबन्धित



पहिलोपोस्ट

अभिनेता आर्यन सिग्देल फिल्म ‘सायरा’मा अनुबन्धित

काठमाडौं : अभिनेता आर्यन सिग्देल फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्। निर्माण कम्पनी डीबीआर मिडिया एण्ड मुभिज प्रालिसँग आर्यनको लिखित सम्झौता भइसकेको छ।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ। फिल्मको कथा परियारले नै तयार पारेका हुन्। फिल्मको विषयवस्तु र पात्र मन परेपछि आर्यलले साइन गरेको बताइएको छ।

‘फिल्ममा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ। हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ। उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ,’ रघुले भने।

फिल्मको अन्य कलाकारहरूको भने टुंगो लाग्न सकेको छैन। फिल्ममा बलिउड निर्देशक रहने समेत बताइएको छ। फिल्मको ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ। आगामी दशैँ/तिहारबाट फिल्मको छायाङ्कन सुरु गर्ने निर्माण टिमको तयारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell