PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

निर्वाचन घोषणा पश्चात प्रतिनिधिसभा जिवित रहनु संविधान अनुसार : शंकर पोखरेल



पहिलोपोस्ट

निर्वाचन घोषणा पश्चात प्रतिनिधिसभा जिवित रहनु संविधान अनुसार : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको घोषणा पश्चात प्रतिनिधिसभा जीवित रहनु संविधानअनुसार भएको बताएका छन्।

निर्वाचन घोषणा पछि प्रतिनिधिसभाको कार्यकाल सकिने भनेर कानुनविदहरुले तर्क गरिरहँदा पोखरेलले आज विराटनगरमा यस्तो बताएका हुन्। त्यसक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको समेत बताए।

उनले निर्वाचन घोषणा भइसकेकाले संसदलाई अहिले कुनै ‘बिजनेश’ दिनु गलत भएको धारणा पनि राखे। साथै, उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell