PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ : रामकुमारी झाँक्री



पहिलोपोस्ट

उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ : रामकुमारी झाँक्री
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी छिन्। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व मन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी हुन्।

उनले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्वनको विषयमा योजना बनाएर काम गरेको बताइन्। झाँक्रीले शहरी विकासमन्त्री हुँदा विकास निर्माणसम्बन्धी महत्वपूर्ण नीतिहरु परिर्माजन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताइन्।

उनले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताइन्। झाँक्रीले नीतिगत तहमा अनियमितता रोक्नको लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि उल्लेख गरिन्।

सचिव झाँक्रीले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताइन्। आफू मन्त्री हुँदा मन्त्रालयबाट स्वीकृत योजनाहरु सबै सार्वजनिक खरिद प्रक्रियाबाट गर्ने प्रयास गरेको उनले बताइन्।

उनले भनिन्, ‘साना आयोजना समयमा नै नसकिनुको कारण उपाभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो। मैले पटक-पटक भनेको छु, उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौँ भनेर त्यो काम रोक्यौँ। त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुपर्‍यो। त्यस्ता स्वीकृत सबै काम खरिद प्रक्रियामा लैजानको लागि मंसिरको ३ गतेदेखि ७ गतेसम्म मन्त्रालय स्तरको बैठक समेत बस्यौँ। आयोजना तयारीको लागि आयोजनाको सम्भाव्यता, आयोजनाले पार्ने प्रभाव समेत विश्लेषण गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell