PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

व्यापारी अमित श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दायर : सात वर्ष कैदसहित ४८ करोड रुपैयाँको माग दाबी



पहिलोपोस्ट

व्यापारी अमित श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दायर : सात वर्ष कैदसहित ४८ करोड रुपैयाँको माग दाबी

काठमाडौं : क्रिप्टो कारोबारमा समातिएका व्यापारी अमित श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले कैद सजायसहितको माग दाबीसहित मुद्दा दर्ता गराएको हो।

असार २९ गते व्यापारी अमित श्रेष्ठलाई काठमाडौंको पानीपोखरीस्थित घरबाट पक्राउ गरेको थियो। अमित केही वर्षदेखि धेरैजसो क्यानडामा बस्दै आएका थिए।

उनी नेपाल आउने-जाने गरिरहन्थे। प्रहरीका अनुसार करिब डेढ महिनाअघि मात्र उनी नेपाल आएका थिए।

४१ वर्षका अमित श्रेष्ठको साथबाट बरामद भएका मोबाइल र ल्यापटप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको थियो। कमर्सियल वेल्थ बैंकबाट १ लाख ९४ हजार २ सय ८५ हजार डलरको कारोबार भएको देखियो।

त्यस्तै, रोयल बैंक अफ क्यानडामा पनि १८ लाख ७४ हजार ४ सय २१ डलरको कारोबार भएको थियो। त्यही बैंकमा सेयरको कारोबारसमेत भएको पाइएको थियो।

विदेशी बैंकमा मात्र होइन श्रेष्ठको नेपाली बैंकको खाता समेत प्रयोग गरेको अनुसन्धानमा देखिएको छ। एभरेस्ट बैंकमा २ करोड ६ लाख ६ हजार ६ सय ९२ र एनआइसी एसिया बैंकमा ६५ लाख २४ हजार ९ सय रुपैयाँ कारोबार भएको देखिन्छ।

त्यसैगरी, नेपालमा विभिन्न कम्पनीहरूमा सेयर लगानी रहेको पाइएको छ। त्यस्तै, नबिल बैंकमा क्यानेडियन ६७ हजार ५ सय ९६ डलर र ६५ लाख रुपैयाँ कारोबार भएको अनुसन्धानमा खुल्न आएको एसपी मैनालीले जानकारी दिए।

यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीमा जग्गा, महानगरपालिका वडा नम्बर ३ लाजिम्पाटमा जग्गा, पानीपोखरीमा थ्री-ए टु अपार्टमेन्ट गरी जम्मा ४ लाख ४९ हजार १९ डलरको सम्पत्ति रहेको देखिएको छ।

उक्त रकम तथा कारोबार शंकास्पद भएकाले अमित श्रेष्ठविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मैनालीले बताए। यसअघि, उनीविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिएको थियो।

सात वर्ष कदै र ४८ करोड रुपैयाँ माग दाबीसहित श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell