PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुको अर्थ मन्त्रालयमा धर्ना



पहिलोपोस्ट

असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुको अर्थ मन्त्रालयमा धर्ना
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्। सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नासुहरुले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन्।

आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। यस विषयमा आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयका अधिकारीहरुबिच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायव सुब्बा गोविन्द प्रसाद कोइरालाले बताए।

उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलबमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको बताए। उनले नासुलाई घृणित र अपमानित व्यवहार गरेको बताए।

उनीहरुले सरकारले चोर बाटोबाट तलब वृद्धि गरेको भन्दै समान तलब वृद्धिको माग गर्न अर्थ मन्त्रालय घेराउ गर्नुपरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell