PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

थपिए ९ सय ३४ जना कोरोना संक्रमित, एक जनाको मृत्यु



पहिलोपोस्ट

थपिए ९ सय ३४ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ३५१ जनामा परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय ७० जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ रहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

अहिलेसम्म संक्रमण भएका ११ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell