PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

ताइवान तनावका बिच दक्षिण कोरियाली विदेशमन्त्री चीन प्रस्थान, छिङ्ताओमा हुनेछ भेट जहाँ नेपालका विदेशमन्त्री भोलि पुग्ने छन्



पहिलोपोस्ट

ताइवान तनावका बिच दक्षिण कोरियाली विदेशमन्त्री चीन प्रस्थान, छिङ्ताओमा हुनेछ भेट जहाँ नेपालका विदेशमन्त्री भोलि पुग्ने छन्
Photo: Yonhap

दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिन चीनको भ्रमणमा निस्किएका छन्। ताइवान मामिलामा चीन र अमेरिकाबिच बढ्दो तनाबका बिच कोरियाली विदेशमन्त्री चीन भ्रमणमा निस्किएका हुन्। भ्रमणका अवसरमा उनले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेट गर्नेछन्।

गत मेमा दक्षिण कोरियाको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो चीन भ्रमण हो। उनी चीनको पूर्वी शहर छिङ्ताओमा पुग्ने कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ। यही अगस्ट २४ मा दुई देशबिच कुटनीतिक सम्बन्ध स्थापनाको ३०औँ वर्षगाँठ मनाउँदै छन्।

विदेशमन्त्री पार्क चीन भ्रमण गर्ने राष्ट्रपति युन सकु-योलको सरकारका प्रमुख हुन्। भेटमा दुई देशबिच कोरियाली प्रायद्विपको शान्ति र स्थायित्वको विषयमा समेत छलफल हुने बताइएको छ।

उनी बुधवार स्वदेश फर्किनेछन्। पार्कको यो वाङसँगको तेस्रो भेट हो। मन्त्री भइसकेपछि पार्कले वाङसँग मे १६ मा भर्चुअल वार्ता गरेका थिए। त्यस्तै, जी २० देशका बैठकका क्रममा बालीमा उनीहरुको जुलाई ७ मा भेट भएको थियो।

ताइवान अमेरिकी सभामुख न्यान्सी पेलोसीले भ्रमण गरेसँगै चीनले सैन्य अभ्यास जारी राखेको छ। ताइवानबाट पेलोसी दक्षिण कोरिया पुगेकी थिइन्।

त्यहाँ पुग्दा उनलाई राम्रो आथित्यता नभएको दक्षिण कोरियाली समाचार संस्थाहरुले बनाएका छन्। सभामुख पेलोसीले राष्ट्रपतिसँग भेट पाएकी थिइनन्।

यो त्यही शहर हो जहाँ नेपालका परराष्ट्र मन्त्री नारायण खड्कालाई चिनियाँ विदेशमन्त्री वाङले मंगलवार स्वागत गर्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell