PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गणेश पाण्डे निर्देशित ‘सहायक श्रीमान’ बन्यो उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री



पहिलोपोस्ट

गणेश पाण्डे निर्देशित ‘सहायक श्रीमान’ बन्यो उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री

काठमाडौं : बहुपति प्रथामा आधारित डकुमेन्ट्री ‘सहायक श्रीमान’ (को-हजबेन्ड) उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री घोषित भएको छ। अमेरिकाको एटलान्टामा आइतवार सम्पन्न ‘कब इन्टरनेशनल फिल्म फेस्टिभल’मा सो डकुमेन्ट्रीले उत्कृष्ट अवार्ड जितेको हो।

कब इन्टरनेशनल फिल्मको आठौँ संस्करण अगस्ट ४ देखि ७ सम्म चलेको थियो। ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट गरिएको आयोजक कब इन्टरनेसनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोले जनाएका छन्।

‘सहायक श्रीमान’लाई निर्देशक तथा पत्रकार गणेश पाण्डेले निर्देशन गरेका हुन्। अमेरिकाको चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड जितेकोमा निकै खुसी लागेको पाण्डेले फेसबुकमा उल्लेख गरेका छन्। ‘सहायक श्रीमान’ले जितेको यो सातौँ अन्तर्राष्ट्रिय अवार्ड हो।

कर्णाली प्रदेशको हुम्लाको भरगाँउमा छायाङ्ककन गरिएको यस डकुमेन्ट्री फिल्ममा जेठो दाजुलाई मुख्य श्रीमान र भाइहरुलाई सहायक श्रीमानको रुपमा देखाइएको छ। डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रमा रहिआएको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ।

एक वर्षको अनुसन्धान र तीन वर्ष छायाङ्कन गरी ४ वर्षको मेहेनतपछि निर्देशक पाण्डेले बहुपति प्रथामा आधारित ‘सहायक श्रीमान’ निर्माण गरेका हुन्। ३५ मिनेट लामो उक्त फिल्मलाई शारदा गैरेले निर्माण गरेकी हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell