PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

भीमबहादुर तामाङलाई सम्झँदै गगन थापाले भने : अतिवादी र प्रतिगामी कोणबाट जनजाति आन्दोलनलाई जोगाउने जिम्मा काङ्ग्रेसको



पहिलोपोस्ट

भीमबहादुर तामाङलाई सम्झँदै गगन थापाले भने : अतिवादी र प्रतिगामी कोणबाट जनजाति आन्दोलनलाई जोगाउने जिम्मा काङ्ग्रेसको

काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आदिवासी जनजाति आन्दोलनलाई अतिवादी र प्रतिगामी कोणबाट जोगाउनुपर्ने बताएका छन्। सोमवार काङ्ग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त भनाई राखेका हुन्।

सम्बोधनका क्रममा थापाले आउँदो निर्वाचनमा काङ्ग्रेसले समन्वयकारी बाटो आँगालेर घोषणापत्र बनाउनेसमेत बताए। 'विचार निर्माणको क्रममा जहाँनेर भीमबहादुर तामाङले बाटो देखाउनुभएको छ। त्यसैलाई टिपेर हामी फेरि घोषणापत्र बनाउँदैछौ। केही समयमा हामी निर्वाचनमा जाँदैछौं,' थापाले भने।

थापाले आदिवासी आन्दोलनमा अतिवादी केन्द्रले भरमग्दुर दुरुपयोग गरेको उल्लेख गर्दै भीमबहादुर तामाङले मध्यमार्गी बाटो देखाएको स्मरण गरे। 'हाम्रो संस्थाले सबैलाई समेटेर अगाडि नेपाली आदिवासी आन्दोलनमा एकातिर अतिवादी केन्द्र छ - जसले यो आन्दोलनको भरमग्दुर दुरुपयोग गरेको छ र अर्कोतिर अतिवादी कोणलाई देखाएर काम गर्ने प्रतिगामी कोण छ,' थापाले भने, 'यो दुई अतिवादी कोणको बीचमा जसरी भीमबहादुर तामाङले पहिचान भेटिने जातीय द्वन्द्व मेटिने यसलाई मध्यमार्ग वा मुलबाटो देखाइदिनु भएको छ।'

काङ्ग्रेसको काँधमा दुबै अतिवादी कोणबाट नेपालको जनजाति आन्दोलनलाई जोगाउने जिम्मेवारी आएको उनको भनाई थियो। 'अब हामीले अतिवादी कोणबाट पनि नेपालको जनजाति आन्दोलनलाई जोगाउनुछ। नेपालको प्रतिगामी र समर्पणवादी कोणबाट पनि हाम्रो आदिवासी जनजाति आन्दोलनलाई बचाएर नेपाली कांग्रेस पार्टी जसको स्थापनाकालदेखि यो भन्दा अगाडि समुन्नत नेपाल निर्माणको लागि अगाडि बढ्नुपर्छ,' थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell