PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी नगर्न गृह मन्त्रालयको निर्देशन



पहिलोपोस्ट

अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी सो निर्देशन दिएको हो।

अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन पनि मन्त्रालयको निर्देशनमा उल्लेख छ।

विभिन्न जिल्लाहरुबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए। समाचारहरुप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell