PahiloPost

Mar 26, 2026 | १२ चैत्र २०८२

वीरगंजका १३ वटा सरकारी विद्यालय कालो सूचीमा, सेवासुविधा निकासा नहुने



पहिलोपोस्ट

वीरगंजका १३ वटा सरकारी विद्यालय कालो सूचीमा, सेवासुविधा निकासा नहुने

वीरगंज : वीरगंजका १३ वटा सरकारी विद्यालय कालो सूचीमा परेका छन्। पटक-पटक ताकेता गर्दा पनि एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक गर्न अटेर गरेको भन्दै १३ वटा सामूदायिक विद्यालयलाई कालो सूचीमा राखिएको वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए।

कालो सूचीमा पर्ने विद्यालयहरुमा त्रिजुद्ध मावि, विद्यापिठ मावि, विश्वहिन्दु संस्कृति आधारभुत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभुत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा, अपौनी, परवानीपुर, मनियारी, प्रसोतिपुरमा सञ्चालित आधारभुत विद्यालय रहेका छन्।

यस्तै, आदर्श बालविकास आधारभुत विद्यालय बेल्वा, मदर्सा इस्लामिया आधारभुत विद्यालय सुगौलिविर्ता, नेपाल रेडक्रस आधारभुत विद्यालय लक्ष्मीपुर वेल्वा, रामजानकी आधारभुत विद्यालय रामगढवा पनि कालो सूचीमा परेका छन्।

कालो सूचीमा परेका विद्यालय अहिले प्राप्त भएको कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित हुने महानगरले जारी गरेको सूचनामा भनिएको छ। प्रधानाध्यापकका कारण नै यस्तो अवस्था आएको भन्दै विद्यालयले प्राप्त गरिरहेको सुविधा कटौती भए स्वयं उनीहरु नै जिम्मेवार हुने सूचनामा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell