PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश नियुत्ति र बर्खास्त गर्दाको फाइल झिकाउन सर्वोच्चको आदेश



पहिलोपोस्ट

रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश नियुत्ति र बर्खास्त गर्दाको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुत्ति गर्दा र उनलाई बर्खास्त गर्दाको फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमवार शाहलाई नियुत्ति गर्दा र उनलाई बर्खास्त गर्दाको फाइल झिकाउन आदेश दिएको हो।

शाहलाई उच्च अदालत बुटवल इजलासको न्यायाधीश रहँदा न्याय परिषद्ले गत असार २४ बर्खास्त गरेको थियो। न्युनतम योग्यताबिना नै शाह न्यायाधीशमा नियुक्त भएको भन्दै परिषद्ले पदबाट हटाउने निर्णय गरेको बताइएको थियो।

परिषद्को सो निर्णयविरुद्ध शाह सर्वोच्च पुगेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell