PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त



पहिलोपोस्ट

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त
Photo: CAN

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन्। भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक प्रभाकर सोमवार नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ।

प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। उनीसँग अफगानिस्तान क्रिकेट टोलीसहित दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ।

प्रभाकरले भनेका छन्, ‘नेपालमा क्रिकेटप्रतिको चासो, नेपाली खेलाडीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाली क्रिकेट टोलीलाई क्रिकेटको बलियो शक्ति बनाउनको लागि काम गर्न निकै उत्सुक छु।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell