PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली



पहिलोपोस्ट

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं : देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्सहित अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राती देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell