PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वाग्मती प्रदेशको कुन जिल्लामा कति रोपाइँ सकियो ?



पहिलोपोस्ट

वाग्मती प्रदेशको कुन जिल्लामा कति रोपाइँ सकियो ?

काठमाडौं : यस वर्षको वर्षायाम अन्त्य हुनै लाग्दा वाग्मती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको छ। प्रदेशको १३ जिल्लामा एक लाख २० हजार पाँच सय ६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने भएता पनि हालसम्म एक लाख ११ हजार आठ सय ९८ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिए।

त्यस्तै प्रदेशको ‘अन्नको भण्डार’ का रूपमा चिनिएको चितवन जिल्लामा ९५ प्रतिशत रोपाइँ सकिएको छ। उक्त जिल्लामा धानखेती हुने २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये २१ हजार आठ सय २८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो। मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये नौ हजार तीन सय ५० हेक्टर (८५ प्रतिशत) रोपाइँ सकिएको चौलागाइँले जानकारी दिए।

नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर क्षेत्रफलमध्ये १२ हजार आठ सय ५५ हेक्टर क्षेत्रफल (९० प्रतिशत) मा रोपाइँ सकिँदा रसुवामा एक हजार आठ सय ७२ हेक्टर क्षेत्रफलमध्ये एक हजार सात सय ६० हेक्टर क्षेत्रफल (९४ प्रतिशत) मा रोपाइँ सकिएको सरकारी आँकडा छ।

त्यसैगरि, ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर र काठमाडौँको पाँच हजार नौ सय ५९ हेक्टरमा धानखेती हुने गर् । यी तीनवटै जिल्लाहरुमा रोपाइँ सकिएको निर्देशनालयका सूचना अधिकारी चौलागाइँले बताए।

काभ्रेपलाञ्चोकमा नौ हजार तीन सय ८५ हेक्टर क्षेत्रफलमध्ये आठ हजार सात सय ४७ (९३.२ प्रतिशत) मा रोपाइँ सकिँदा सिन्धुपाल्चोकका आठ हजार पाँच सय ९० हेक्टर क्षेत्रफलमध्ये आठ हजार एक सय ६१ हेक्टर (९५ प्रतिशत) मा रोपाइँ सकिएको छ। रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर क्षेत्रफलमध्ये सात हजार पाँच सय ५९ हेक्टर (८५  प्रतिशत) मा धान रोपेर सकिएको छ। दोलखामा दुई हजार नौ सय २८ हेक्टर क्षेत्रफलमध्ये दुई हजार छ सय ३५ हेक्टर (९० प्रतिशत) मा हालसम्म रोपाइँ सकिँदा सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर क्षेत्रफलमध्ये १४ हजार तीन सय ४३  हेक्टर (९३  प्रतिशत) मा रोपाइँ सकिएको हो। प्रदेशको धादिङमा ११ हजार एक सय ५९ हेक्टर क्षेत्रफलमध्ये १० हजार छ सय एक हेक्टर (९५ प्रतिशत) मा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell