PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

आज विश्व आदिवासी दिवस, तनहुँका ६ वटा स्थानीय तहमा सार्वजनिक बिदा



पहिलोपोस्ट

आज विश्व आदिवासी दिवस, तनहुँका ६ वटा स्थानीय तहमा सार्वजनिक बिदा

काठमाडौं : विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। आज मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ, घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्।

ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन्। विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell