
काठमाडौं : सिन्धुपाल्चोककको सिपाघाट-मेलम्ची सडकखण्ड फेरि अवरुद्ध भएको छ। लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा यो सडकखण्ड संचालनमा अवरोध भएको हो।
जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरामा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात संचालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए।
वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन।