PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

महाकाली नदीको बहाब आज उल्लेख्य बढ्न सक्ने, यस्तो छ अरु नदीको पूर्वानुमान



पहिलोपोस्ट

महाकाली नदीको बहाब आज उल्लेख्य बढ्न सक्ने, यस्तो छ अरु नदीको पूर्वानुमान

काठमाडौं : आज महाकाली नदीको बहाव उल्लेख बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जलसहत बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै,  आज कर्णाली र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने पनि महाशाखाले जनाएको छ। कोशी, नारायणी, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य घटबढ हुने जनाइएको छ। यी नदीहरुमा पानीको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले लमजुङ, कास्की, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बाजुरा,  बझाङ, बैतडी , दार्चुला र आसपास भइ बहने स-साना नदीहरुमा बहाब बढ्न सक्ने र ‘फ्लास फ्लड’ आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेक छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell