PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

हरिणको आक्रमणमा परी महोत्तरीमा एक वृद्धाको मृत्यु



रासस

हरिणको आक्रमणमा परी महोत्तरीमा एक वृद्धाको मृत्यु

जलेश्वर : महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका-८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

सोमवार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell