PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

काठमाडौंका विभिन्न शौचालयमा नायक सबिनले राखे सेनेटरी प्याड



पहिलोपोस्ट

काठमाडौंका विभिन्न शौचालयमा नायक सबिनले राखे सेनेटरी प्याड

काठमाडौं: अभिनेता सबिन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा नि:शुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराएका छन्। सबिन र उनकी प्रेमिका अभिनेत्री अनु शाहले काठमाडौंका पाँच सार्वजनिक शौचालयमा महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडसहितकको बाकस राखेका छन्।

केही दिनअघि सबिनले काठमाडौंका पाँच सार्वजनिक शौचालयमा सेनेटरी प्याडसहितकको बाकस राख्ने बताएका थिए। उक्त प्रतिबद्धताअनुसार उनीहरुले गौशाला, नयाँ बसपार्क, रत्नपार्क, भृकुटीमण्डप र स्वयम्भुमा सार्वजनिक शौचालयमा बक्ससहित निशुल्क महिनावारी प्याड राखेका हुन्।

वाचाअनुसार काठमाडौंको पाँच सार्वजनिक शौचालयमा बक्ससहित सेनेटरी प्याड राख्दा खुसी लागेको सबिनले बताएका छन्।

सबिनले काठमाडौं महानगरपालिकाको अनुमति लिएर शौचालयमा स्यानिटरी प्याड राखेकोसमेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell