PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

टिकट बाँडफाँडबारे देउवालाई झलनाथ खनालको सुझाव : तालमेलको कुरा चाँडै टुङ्ग्याउ



पहिलोपोस्ट

टिकट बाँडफाँडबारे देउवालाई झलनाथ खनालको सुझाव : तालमेलको कुरा चाँडै टुङ्ग्याउ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई टिकट बाँडफाँड मापदण्डका आधारमा गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर खनालले टिकट वितरणका लागि कार्यदल बनेको र उक्त कार्यदलका आधारमा मात्रै वितरण गर्नुपर्ने बताएका थिए।

भारतमा नेपाली चियाका बारेमा अनेक टिकाटिप्पणी भएपछि नेपाली चियाका बजार खुम्चिन थालेको भन्दै प्रधानमन्त्रीको ध्यानकर्ण गराउन खनाल देउवा निवास बालुवाटार पुगेका थिए। उनले भारतमा नेपाली चियाका बारेमा त्यहाँको संसदमा प्रतिवेदन पेश भएको र त्यसले निर्यातमा असर गर्ने भन्दै देउवाको ध्यानर्षण गराएका हुन्।

आफूसहित पूर्वका चिया व्यवसायीको टोलिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको खनालले बताए। यस्तै प्रधानमन्त्रीसँगको भेटमा सत्ता गठबन्धनको टिकट बाँडफाँडका बारेमा पनि कुराकानी भएको खनालले जानकारी दिए।   

'चुनाव व्यवस्थित पारौं। तालमेलको कुरा चाँडै सिध्याउ। कसरी मिलाउने भन्ने ग्राउन्ड तयार पारौं भन्नेबारेमा कुराकानी भयो। बैठक आम रुपमा पोजेटिभ नै चलिरहेको छ भन्ने सुनेका छौ यसको डेभलपमेण्टका आधारमा हामी बस्छौ,' खनालले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell