PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

विवादपछि ‘पापाकी परी’ बोलको गीतबाट हटाइयो विवादित शब्द र दृश्य



पहिलोपोस्ट

विवादपछि ‘पापाकी परी’ बोलको गीतबाट हटाइयो विवादित शब्द र दृश्य

काठमाडौं : शिव हमालको शब्द रहेको ‘पापाकी परी’ बोलको गीत भिडियो सम्पादन गरिएको छ। एकसाताअघि सार्वजनिक भएको गीतको शब्द र भिडियोको दृश्यलाई लिएर आलोचना भएको थियो।

गीतका रचनाकार हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका उपमहासचिव एवं प्रतिष्ठान अन्तर्गत गठित ‘विकृति, विसङ्गति न्यूनीकरण विभाग समिति’का संयोजक पनि हुन्। जसकारण हमालमाथि पनि नैतिक प्रश्न समेत उठेको थियो।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि निर्माण टिमले गीतमा प्रयोग भएका विवादित शब्द र केही दृश्यहरू हटाएको हो। साथै, नयाँ फुटेज र शब्द जोडेर गीतको सम्पादित भिडियो युट्युबमा अपलोड गरिएको छ।

आशिष अविरलको संगीत रहेको गीतमा सुशीला पाठकको स्वर रहेको छ। गीत विवादित बनेसँगै हमालले गीतको भिडियोमा प्रयोग भएका अपाच्य दृश्य हटाउने बताएका थिए।

त्यसैगरी, गायिका पाठकले गीतकार र आफूलाई धम्की आएका कारण विवादित शब्द र दृश्य हटाउन बाध्य भएको फेसबुकमा उल्लेख गरेकी छिन्।

‘गीतकारलाई धम्कीपूर्ण आदेश संस्थाबाट आएको र मलाई पनि स्वयं धम्की आएको कारणले गर्दा गीतकारले आफ्नो पदबाट राजीनामा नै दिनुपर्ने अवस्था भएको कारणले गर्दा मात्र मैले युट्युब च्यानलबाट यो दृश्य हटाएको हो। अन्यथा हाम्रो गीतको शब्द र दृश्य अश्लील भएर पक्कै पनि होइन म एकदम दुखी छु। किनभने हाम्रो शब्द र दृश्य अश्लील थिएन अश्लील बनाइयो। अनि अर्को कुरा युट्युबमा तीज गीत भनेर मेन्सन पनि गरेको छैन,’ उनले लेखेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell