PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

सरकारबाट फिर्ता बोलाइएका एकीकृत समाजवादीका सांसदलाई संसदीय समितिमा मनोनयन



पहिलोपोस्ट

सरकारबाट फिर्ता बोलाइएका एकीकृत समाजवादीका सांसदलाई संसदीय समितिमा मनोनयन

काठमाडौं : मन्त्रीबाट फिर्ता बोलाइएका नेकपा (एकीकृत समाजवादी)का सांसदहरुलाई संसदीय समितिको जिम्मेवारी तोकिएको छ। 

सरकारमा सहभागी तीन मन्त्रीलाई एकीकृत समाजवादीले फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो। मन्त्रीबाट फिर्ता बोलाइएका सांसदहरुलाई सभामुखको प्रस्तावमा संसदीय समिति सदस्यमा जिम्मेवारी दिइएको हो। 

जसमध्ये रामकुमारी झाँक्रीलाई अर्थ समिति, किसनकुमार श्रेष्ठलाई राज्य व्यवस्था तथा सुशासन समिति र विरोध खतिवडालाई सार्वजनिक लेखा समितिको सदस्यमा जिम्मेवारी दिइएको छ। त्यस्तै धनबहादु बूढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell