PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लागुऔषधसहित मकवानपुरबाट पाँच जना पक्राउ



रासस

लागुऔषधसहित मकवानपुरबाट पाँच जना पक्राउ

मकवानपुर : जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका-१६ हटियाबाट पाँच किलो चार सय ग्राम लागुऔषध खैरो हेरोइनसहित ३९ वर्षीय सुवास लामिछाने र हेटौँडा-७ बस्ने २८ वर्षीय विकेश गौतमलाई पक्राउ गरेको हो।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका-१२ नयाँ पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा सोही वडामा बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मा रहेका छन्। उनीहरुलाई अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको टोलीले पक्राउ गरेको हो।

त्यसैगरी, प्रहरीले हेटौँडा उपमहानगरपालिका-१९ गुम्बाचोकबाट पाँच किलो चार सय ग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा-३ बसामाडी बस्ने ४२ वर्षीय लक्ष्मण बल रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell