PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

प्रचण्ड र जापानी सत्तारुढ पार्टीका पूर्वमहासचिव तोसिहिरोबीच भेटवार्ता 



पहिलोपोस्ट

प्रचण्ड र जापानी सत्तारुढ पार्टीका पूर्वमहासचिव तोसिहिरोबीच भेटवार्ता 
फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जापानी सत्तारुढ दल एलडीपीका नेतासँग भेट गरेका छन्। टोकियोमा रहेका उनले उक्त पार्टीका पूर्व महासचिव तथा पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री तोसिहिरो निक्कईसँग भेटवार्ता गरेका हुन्। 

एलडीपीको मुख्यालयमा टोकियोमा भएको भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। 

त्यस्तै स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने विषयमासमेत छलफल भएको बताइएको छ। जापानी प्रतिनिधिसभाका सदस्य रहेका तोसिहिरो नेपाल जापान संसदीय समितिका सभापतिसमेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell