PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बेइजिङ पुगेको तीन सातापछि राजदूत श्रेष्ठले बुझाए ओहोदाको प्रमाणपत्र, परराष्ट्रमन्त्रीको भ्रमण दलमा सहभागी हुँदै



पहिलोपोस्ट

बेइजिङ पुगेको तीन सातापछि राजदूत श्रेष्ठले बुझाए ओहोदाको प्रमाणपत्र, परराष्ट्रमन्त्रीको भ्रमण दलमा सहभागी हुँदै

काठमाडौं : चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। आइतवार राजदूत श्रेष्ठले चीनको विदेश मन्त्रालयका प्रोटोकल विभागका महानिर्देशक होङ लेइलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

सो क्रममा भएको भेटमा द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन मिलेर काम गर्ने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूत श्रेष्ठ जुलाई १७ मा बेइजिङ पुगेका थिए। ओहोदाको प्रमाणपत्र बुझाएसँगै उनी छिङ्ताओमा जाँदै छन्। त्यहाँ परराष्ट्रमन्त्री नारायण खड्का द्विपक्षीय वार्ताका लागि आजै पुग्दै छन्। चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा तीन दिने भ्रमणका उनी त्यसतर्फ जान लागेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell