PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

इजरायली सेनाको कारबाहीमा क्षेत्रीय कमाण्डरसहित तीन प्यालेस्टाइनी मारिए



पहिलोपोस्ट

इजरायली सेनाको कारबाहीमा क्षेत्रीय कमाण्डरसहित तीन प्यालेस्टाइनी मारिए
Photo: Reuters

इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी मारिएका छन्। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार पश्चिमी तटमा मंगलवार बिहान संदिग्ध लडाकुविरुद्ध इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी  मारिएको सीएनएनले उल्लेख गरेको छ।

मृतकमध्येका एक जना पश्चिमी तटको उत्तरका क्षेत्रीय लडाकू कमाण्डर इब्राहिम अल-नाबुलसी हुन्। इजरायली सेनाले उनीलक्षित नै कारबाही गरेको थियो। मारिएका अन्य व्यक्तिहरुमा इस्लाम सब्बोह र हुसेन जमाल ताहा रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

साना सशस्त्र समूहहरुको संगठन पपुलर रेसिस्टेन्स कमिटी (पीआरसी)ले एक विज्ञप्तिमार्फत प्रतिरोधको वीर कार्यमा तीन पुरुष शहीद भएको जनाएको छ।

पुरानो सहर नाब्लसको एउटा भवनमा मिसाइल प्रहार गर्नुअघि इजरायली सेनाले मंगलवार बिहान उक्त भवनलाई घेरा हालेको इजरायली विज्ञप्तिमा भनिएको छ। सो क्रममा दोहोरो गोलीबारी भएको थियो।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार तीन जनाको मृत्यु हुनकासाथै कारबाहीमा परी ४० जना घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell