PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एकै दिन थपिए १ हजार ९० कोरोना संक्रमित, २ जनाको मृत्यु



पहिलोपोस्ट

एकै दिन थपिए १ हजार ९० कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ३०० जनामा परीक्षण गर्दा १ हजार ९० जनामा संक्रमण देखिएको हो।

२ हजार ९५८ पीसीआर परीक्षण गरिएकोमध्ये ५६० जनामा र ३ हजार ३४२ एन्टीजेन परीक्षण गरिएकोमा ५३० जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ४ सय ३८ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप २ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ७४ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell