PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

चितवनमा एक पुरुष मृत फेला



पहिलोपोस्ट

चितवनमा एक पुरुष मृत फेला
प्रतीकात्मक तस्विर

भरतपुरः चितवनको भरतपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। भरतपुर २१ पार्वतीपुरका ५६ वर्षीय टीकाराम विक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार ढोकामा चुकुल लगाइएको थियो। खुट्टा भुईंमा टेकिएको, टाउको र जिउको भाग खाटमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। तालुको भागमा काटेको र चोटबाट अत्यधिक रक्तश्राव भएको प्रहरीले जनाएको छ।

मृतककी श्रीमती बिनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell