PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

मिटरब्याजीका आरोपी सञ्जय चौधरीलाई सर्लाही पठाइयो



पहिलोपोस्ट

मिटरब्याजीका आरोपी सञ्जय चौधरीलाई सर्लाही पठाइयो

काठमाडौं : मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मंगललबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो। रौनियारविरुद्ध ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा उता पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी)ले जनाएको हो।

सर्लाहीमा चर्को ब्याजमा ऋण लगानी गरेर ठगी गरेको रौनियारमाथि आरोप छ। यही आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधअनुसार उनलाई सर्लाही पठाइएको हो। सर्लाही पुर्‍याइएका रौनियारलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो बढ्दै आएको थियो। यस्ता गुनासोमा प्रहरीमा उजुरी नै परेपछि लामो समय भारतमा लुकीछिपी बस्दै आएका रौनियार यसपालि प्रहरी पक्कडमा परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell