PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बिहारमा बदलिँदो राजनीति : हिजो राजीनामा दिएका नितिश कुमारले आज लिँदैछन् मुख्यमन्त्रीको सपथ



पहिलोपोस्ट

बिहारमा बदलिँदो राजनीति : हिजो राजीनामा दिएका नितिश कुमारले आज लिँदैछन् मुख्यमन्त्रीको सपथ
Photo : Hindustan Times

मंगलवार बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका नितिश कुमारले बुधवार फेरि मुख्यमन्त्री पदको सपथ लिँदैछन्। केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन तोड्दै नितिशले राजीनामा दिए थिए। राजीनामा लगत्तै उनी आफ्नो पुराना सहयोगी दलहरुसँग मिलेका थिए र फेरि सरकार बनाउन दाबी पेश गरेका थिए।

बुधवार नितिशको नेतृत्वमा बिहारमा महागठबन्धन सरकार निर्माण हुँदैछ। यो महागठबन्धनमा सात राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारसमेत रहेका छन्।

नितिशसँगै बुधवार राष्ट्रिय जनता दलका तेजश्वी यादवले उपमुख्यमन्त्री पदको सपथ लिनेछन्। तेजश्वी लालु प्रसाद यादवका छोरा हुन्।

भाजपाले नितिशमाथि जनमतको अवमूल्यन गरेको आरोप लगाएको छ। सन् २०१३ सम्म नितिश भाजपासँगै थिए। तर, नरेन्द्र मोदीको उदयपछि उनले भाजपाको साथ छाडेर लालु प्रसाद यादव र कांग्रेससँग मिलेका थिए। सन् २०१५ मा लालु र कांग्रेससँग मिलेर उनले सरकार पनि गठन गरेका थिए। त्यससमय पनि तेजेश्वीलाई उपमुख्यमन्त्री बनाइएको थियो। सन् २०१७ मा नितिशले ३ दलीय गठबन्धन तोड्दै भाजपासँग फेरि गठबन्धन गरेका थिए। केन्द्रसँगको मतभेद बढ्दै गएपछि नितिशले फेरि भाजपाको साथ छाडेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell