PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मानविय क्षति भएको छैन, मनोहरा खोला आसपास सबैभन्दा धेरै डुबान भएको देखियोः प्रहरी



पहिलोपोस्ट

मानविय क्षति भएको छैन, मनोहरा खोला आसपास सबैभन्दा धेरै डुबान भएको देखियोः प्रहरी

काठमाडौं : मंगलवार रातिदेखिको अविरल वर्षाका कारण  काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा डुबानमा परेका छन्।

 सबैभन्दा धेरै मनोहरा खोला आसपासको क्षेत्र डुबानमा पर्नुका साथै तटीय क्षेत्रमा कटान समेत भएको प्रहरीले जनाएको छ। डुबानका कारण घरहरुमा जलमग्न भएका छन्। नेपाल प्रहरी र स्थानीयको सहयोगमा प्रभावितको उद्धार गरिएको छ। तर अहिलेसम्म कुनै मानविय क्षति भने नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोष सिंह राठौंरले जानकारी दिए।

'अहिलेसम्म कुनै पनि मानविय क्षति भएको छैन। धेरै ठाउँमा डुवान भएको छ,' एसपी राठौंरले भने।

मनोहरा खोला सुकुम्वासी बस्ती पस्दा डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ। मध्यपुरथिमि नगरपालिका-१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको छ। प्रभावितहरुको उद्धारमा रातिदेखिन नै प्रहरी र स्थानीय खटेको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell