PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बाढीले काँडाघारी प्रहरी प्रभागको मेस र तीन वटा मोटरसाइकल बगायो



पहिलोपोस्ट

बाढीले काँडाघारी प्रहरी प्रभागको मेस र तीन वटा मोटरसाइकल बगायो

काठमाडौंः मंगलबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंको काँडाघारीमा रहेको प्रहरी प्रभागमा पनि क्षति पुगेको छ।

प्रहरी कार्यालयमा मनोहरा खोलाको बाढीले ३ वटा मोटरसाइकल बगाएको छ। बगाएका मध्ये दुई वटा फेला परेका छन्। त्यस्तै प्रभागको पर्खाल समेत बाढीले भत्काएको छ।

त्यस्तै प्रहरीको खाना खाने ठाउँ टहराको (मेस)  पनि बगाएको छ। कार्यालयको पहिलो तला डुबान भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell