PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उड्नै लागेको विमानबाट समातिँदा निकै हो-हल्ला, अनुसन्धानमा सुन चोरीको आरोप त्यसपछि ७ दिनमा नै १० हजार धरौटीमा रिहा



पहिलोपोस्ट

उड्नै लागेको विमानबाट समातिँदा निकै हो-हल्ला, अनुसन्धानमा सुन चोरीको आरोप त्यसपछि ७ दिनमा नै १० हजार धरौटीमा रिहा

काठमाडौं : बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्तोष लामिछाने धरौटीमा रिहा भएका छन्। जिल्ला  प्रशासन कार्यालय कैलालीले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनी १० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

बुधवार दिउँसो १:१५ मा नेपाल इयरलाइन्सको भारतको मुम्बाई उड्न लागेको  जहाजमा शङ्कास्पद व्यक्ति रहेको सूचना भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। ‘आतंकवाद’सम्मको संज्ञा दिँदै नियन्त्रणमा लिएका व्यक्तिमाथि सुन चोरीको आरोप लागेको थियो।

उनी सुनचाँदी व्यवसायी समेत भएको खुलेको छ। धनगढीमा उनको सुनचाँदीको व्यवसाय छ। उनी भारतबाट चोरी गरेर नेपाल ल्याएको सुनचाँदीहरू किन्ने गरेको प्रहरीको दावी छ।

प्रहरीले करिब डेढ महिनाअघि भारतीय दूतावास मार्फत १ करोड बढी सुन चोरी भएको उजुरीसँग जोडेर सन्तोषसहित अन्य ५ जनामाथि अनुसन्धान थालेको थियो। भारतको पन्जाबमा भएको उक्त चोरी प्रकरणलाई जोडेर नियन्त्रणमा लिएको भएपनि उनीहरूमाथि मुद्दा भने अभद्र व्यवहारमा चलाएको थियो।

उक्त मुद्दामा सुदूरपश्चिम सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष समेत रहेका लामिछाने र अन्य ५ जनालाई जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलवार १० हजार धरौटी माग गरेपछि उनीहरू रिहा भएका हुन्।

विमानस्थलबाट उड्नै लागेको विमान रोकेर पक्राउ गर्दा निकै हो-हल्ला मच्चाएको प्रकरणका व्यक्ति सुन चोर र १० हजार रुपैयाँ धरौटीमा नै रिहा भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell