PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँले बढ्यो, प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम



पहिलोपोस्ट

सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँले बढ्यो, प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम

काठमाडौंः सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले बढेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

अघिल्लो दिनका तुलनामा ६ सय बढ्दा मंगलबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको कारोबार मूल्य साउनयताकै उच्च हो।

चाँदीको मूल्य १० रुपैयाँ घटेको छ। बुधबारका लागि कारोबार मूल्य १२ सय ३० रुपैयाँ भएको छ। मंगलबार तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १२ सय ४० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ डलर नजिक पुगेको छ। बुधबार प्रतिऔंस १७९०.२१ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २०.४१ डलर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell